विशेष सूचना
श्रद्धेय छोकी निमा रिन्पोछे ४३औं वार्षिक शिविर भेटनामको हा नाम स्थित तां चु प्यागोडामा आयोजना गर्ने इच्छा गर्नु भएको छ।
यस अद्भुत रमणीय स्थल भारत सरकारले भेटनामी जनतालाई उपहार दिएको भगवान् बुद्धको अस्थिधातु राखेको स्थानभन्दा एक घण्टा परको दुरीमा रहेको छ।
रिन्पोछे मान्नुहुन्छ कि यस शान्त, प्रेरणादायी, पवित्र स्थानमा हामी सबै शिष्यहरू जम्मा भई धर्म श्रवण गर्नु र ध्यान भावना सँगै गर्नु पाउनु एउटा मङ्गल हेतु हुनेछ। प्राकृतिक रमणीय वातावरणमा, मनमोहक तलाउ सहित मौलिक पहाडहरू सुगन्धित फूल र थरी थरीका रूखहरूको बिच अवस्थित विशाल प्यागोडामा ठुलठुला मूर्तिहरू, ठुलो सभाकक्ष रहेको छ भने यो मन्दिर झन्डै १५० हेक्टरमा फैलिएको छ।
यहाँ र वरिपरिका स्थानहरूमा होटेल तथा वासस्थानको राम्रो व्यवस्था रहेको छ। सँगैसँगै धर्म सुनेर, अभ्यास गरेर, सँगै भोजनको आनन्द लिएर, सुन्दर वातावरणमा सँगै हिँड्दा हामीमा एकताको
भावनालाई अझ सुदृढ हुँदै सकारात्मक सम्बन्ध र अनुभूति जाग्ने कुरामा रिन्पोछे विश्वस्त हुनुहुन्छ।
त्रियानको साथै अमिताभ बुद्धको शुद्ध क्षेत्रमा जन्मने चार कारणलाई जोड दिएर शिविर सञ्चालन हुनेछ।
मंसिर ६ गते देखि मंसिर ११ गते सम्म वार्षिक शिविर हुन्छ। तीर्थाटनको लागि दुई दिन बिदा पश्चात् मंसिर १३गते देखि मंसिर १६ गते सम्म हानोईमा आर्य तारा त्रि उत्तम अभ्यासको शिविर हुनेछ।
संसारभरका संघ बन्धुहरूलाई स्वागतार्थ र अविस्मरणीय आध्यात्मिक तथा पारम्परिक अनुभूति दिन भेटनामी संघ उत्सुक छ। इच्छुक सबैले यस शिविरमा सहभागी हुन सक्नु हुन्छ। उपस्थित हुन असमर्थहरूका लागि सदा झैँ प्रत्येक्ष प्रसारणको व्यवस्था हुनेछ।
शिविर सम्बन्धी थप विस्तृत जानकारी श्रावण महिनाको अन्त्य तिर उपलब्ध गराइनेछ। नाम दर्ता पनि पछि मात्रै हुने जानकारी गराउँदछौ।
सहभागी हुन् थप जानकारी पाउन इच्छुक हुनुहुन्छ भने http://eepurl.com/iujuLE मा थिच्नु होस्। लिङ्कमा गइसके पछि आफ्नो इमेल आइडी, पहिलो नाम, थर, रोजाइको भाषा अनि आफू कुन शिविरमा सहभागी हुन चाहनु हुन्छ क्रमशः भर्नु होला।