Shedrub

छोकि निमा रिन्पोछेको
अनलाइन गतिविधिको गढ

लुम्बिनीमा दोस्रो वार्षिक बुद्ध वचनको वाचन तथा ४६औँ वार्षिक ध्यान शिविर

बुद्ध शाक्यमुनि दिवसको रूपमा मानिने यस पावन औँसीको दिनको शुभ अवसरमा,

लुम्बिनीमा विभिन्न भाषाहरूमा दोस्रो वार्षिक बुद्ध वचनको वाचन आउँदो ल्हाबाब दुछेन अर्थात् नोभेम्बर १ तारिखदेखि प्रारम्भ हुने अत्यन्त हर्षका साथ घोषणा गर्दछौँ।

सदा झैं बौद्ध धर्मका सबै परिषद्; भिक्षु,भिक्षुणी तथा गृहस्थ उपासक एवं उपासिकाहरू हाम्रा गुरु बुद्ध शाक्यमुनिको जन्मभूमि लुम्बिनीस्थित हजार स्वर्ण बुद्ध मन्दिरमा एकत्रित भई भगवान् शाक्यमुनि बुद्धले प्रदान गर्नुभएका अमूल्य शिक्षाहरूको सामूहिक वाचन गर्नेछौँ।

हामीले एकताको भावनाका साथ हाम्रा शास्ताको पवित्र वचनहरू पाली, संस्कृत, चिनियाँ, तिब्बती, भियतनामी, अङ्ग्रेजी लगायत अन्य भाषाहरूमा एकै साथ पाठ गर्नेछौँ। यस आनन्दमय तथा पुण्यमय अवसरमा तपाईंहरू सबैलाई प्रत्यक्ष रूपमा सहभागी हुन हार्दिक निमन्त्रणा गर्दछौँ। हामी सबै मिलेर अपार पुण्य सञ्चय गरी त्यस पुण्यलाई सम्पूर्ण प्राणीहरूको सुख, विश्वशान्ति तथा यस संसारमा बुद्धधर्म स्थिर रहोस् भनी अनुमोदन गर्नेछौँ।

यदि तपाईं प्रत्यक्ष रूपमा सहभागी हुन सक्नुहुन्न भने पनि, यो पवित्र कार्यक्रमको प्रत्यक्ष प्रसारण मार्फत सहभागी हुन् सकिनेछ। यसरी संसारको जुनसुकै स्थानमा रहेर पनि तपाईंहरूले यस पुण्यमय कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ।

यसै अवसरमा ४६औँ वार्षिक ध्यान शिविर पनि आयोजना हुनेछ। दुई भागमा हुने यस कार्यक्रमको पहिलो भाग नोभेम्बर १ देखि ७ तारिखसम्म बुद्धवचन वाचनको साथसाथ सञ्चालन हुनेछ, जसमा छोकी न्यिमा रिन्पोछे तथा अन्य धर्मगुरुहरूबाट धर्मोपदेश प्रदान गरिनेछ। त्यसपछिको दोस्रो विशेष भाग नोभेम्बर ८ देखि १० तारिखसम्म सञ्चालन हुनेछ, जसमा छोकी न्यिमा रिन्पोछेबाट विशेष धर्मोपदेश प्रदान गरिनेछ।

नाम दर्ता अक्टोबर १ तारिखदेखि खुल्ला हुनेछ। ईच्छुक सबैका लागि लुम्बिनीमा स्वागत छ! कृपया लुम्बिनी आउने आफ्नो यात्रा तथा आवासको व्यवस्था स्वयं गर्नुहुन अनुरोध गर्दछौँ।

यस पुण्यमय अवसरमा तपाईंहरू सबैको सहभागी हुन हार्दिक आशा राखेका छौँ!

Scroll to Top

Join the Shedrub Newsletter!

Melde dich als Shedrub Mandala Schüler an!